राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, दुर्गा प्रसाईंसहित २५ जनाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र ‘संयुक्त जनआन्दोलन समिति’का ‘जनकमान्डर’ दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
मंगलबार काठमाडौँ जिल्ला अदालतले मिश्र र प्रसाईंसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
तीनकुने घटनामा संलग्न रहेको आरोपमा मिश्र ४६ दिनदेखि प्रहरी हिरासतमा छन्। उनी गत चैत १५ गते पक्राउ परेका थिए भने प्रसाईंलाई प्रहरीले चैत २९ गते पक्राउ गरेको थियो।
प्रसाईंको आह्वानमा चैत १५ गते काठमाडौँको तीनकुनेमा राजसंस्था पुनर्स्थापनाको मागसहित प्रदर्शन भएको थियो। प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो। सोही क्रममा निजी घर, सार्वजनिक भवन, सवारीसाधन, पार्टी कार्यालयमा आगजनीसमेत भएको थियो।
यसैबीच मिश्रलाई गैरकानूनी रूपमा थुनामा राखिएका भन्दै उनको श्रीमती सारिका कार्कीले सर्वोच्चमा रिट दायर गरेकी छन्। रिटमा गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ। रिटको पेसी बुधबारका लागि तोकिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
