पन्जाबको अमृतसरमा अवैध रक्सी सेवनका कारण २१ जनाको मृत्यु भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्।
भारतको उत्तरक्षेत्रमा पर्ने पन्जाब राज्यको अमृतसर जिल्लामा अवैध रक्सी सेवनका कारण २१ जनाको मृत्यु भएको छ। थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्।
भारतमा बर्सेनि सयौँ मानिसले घरेलुस्तरमा बनाइने सस्तो रक्सी सेवन गर्दा ज्यान गुमाउने गरेका छन्। यस्तो रक्सीलाई अझै कडा बनाउने उद्देश्यले मेथानोल मिसाउने गरिन्छ, जसका कारण आँखाको दृष्टि गुम्ने, कलेजोमा क्षति र मृत्युसम्म निम्तिन सक्छ।
उक्त घटना सोमबार राति अमृतसर जिल्लाको पाँच वटा गाउँमा भएको हो। मेथानोल मिसाइएको रक्सी सेवन गरेपछि स्थानीय बिरामी परेका थिए।
जिल्लाका वरिष्ठ प्रहरी अधिकारी मनिन्दर सिंहका अनुसार ती २१ जनाको ज्यान गएको पुष्टि भएको छ। घटनापछि प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।
पन्जाब प्रहरीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी दिँदै घटनाको विस्तृत छानबिन भइरहेको र दोषीलाई कानूनी दायरामा ल्याइने जनाएको छ।
पन्जाबका मुख्यमन्त्री भगवन्त मानले पनि घटनामा संलग्न सबैलाई कडाभन्दा कडा कारबाही गरिने बताए।
गत वर्ष भारतको दक्षिणी राज्य तामिलनाडुमा यस्तै घटनामा ५३ जनाको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
