पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
काठमाडौँ– देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।
यसको प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। अधिकांश स्थानको अधिकतम तापक्रम बढेको छ। जसका कारण देशभर नै गर्मी बढ्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।
यसैगरी, राति कोशी र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातसमेत हुने अनुमान छ।
मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका भूभागलगायत पहाडी भूभागका धेरै स्थानमा अधिकतम तापक्रम बढ्ने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
