त्रिशूली नदीमा नुहाउने क्रममा २ बालिका बेपत्ता

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित त्रिशूली नदीमा नुहाउने क्रममा ११ वर्षीया बालिका जेनी डंगोल र सदीक्षा राई बेपत्ता भएका छन्।

सांकेतिक तस्वीर।

त्रिशूली– नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित त्रिशूली नदीमा मंगलबार साँझ नुहाउन गएका दुई बालिका बेपत्ता भएका छन्।

विद्यालयबाट फर्केपछि साँझ ६ बजेतिर नुहाउन गएका ११ वर्षीया बालिका जेनी डंगोल र सदीक्षा राई बेपत्ता भएको जिल्ला प्रहरीप्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। 

बगाएको सूचना पाएलगत्तै खोजी थाले पनि उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन। स्थानीय र सुरक्षाकर्मीमार्फत उनीहरूको खोजी भइरहेको एसपी रेग्मीले बताए।