काठमाडौँको मखनटोलमा आगलागी, १ जनाको मृत्यु

काठमाडौँ महानगरपालिका–२४ मखनटोलस्थित दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान खुलेको छैन।

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको हो। मृतकको पहिचान खुलेको छैन।

“ग्यास लिक हुँदा आगलागी भएको छ। आगलागीमा एक जनाको मृत्यु भएको छ। सनाखत हुन बाँकी छ,” उनले भने, “आगो निभाउने प्रयास जारी छ।”

आगलागी भएको श्रेष्ठको घरसँगैको पाँचतले घरमा पनि आगो सल्किएको उनले बताए।