अघिल्लो बुधबार ६२ अंकले बढेको नेप्सेले त्यसपछि भने घट्ने क्रमलाई निरन्तरता दिएको छ।
काठमाडाैँ– शेयरबजार परिसूचक नेप्से लगातार चाैथो कारोबार दिन पनि घटेको छ। अघिल्लो बुधबार ६२ अंकले बढेको नेप्सेले त्यसपछि भने घट्ने क्रमलाई निरन्तरता दिएको छ। आज बुधबार नेप्से १३.९६ अंक घटेर २६२०.२७ विन्दुमा झरेको हो।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। मंगलबार ९ अर्ब ६३ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज भने ३१५ स्टकको खरिदबिक्रीमा ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबार ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, पिपुल्स पावरको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ९.९८ प्रतिशतले घटेको छ।
१३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक २.४६ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। होटल तथा पर्यटन, जलविद्युत्, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
