राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय लिइएको जेएनयूले जनाएको छ।
काठमाडाैँ– जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)ले टर्किएको इनोनु विश्वविद्यालयसँगको सम्झौता निलम्बन गरेको छ। जेएनयूले सामाजिक सञ्जाल एक्स ह्यान्डलमा एक पोस्ट मार्फत यो जानकारी साझा गरेको हो।
उक्त पोस्टमा भनिएको छ, "राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै, जेएनयू र टर्किएको इनोनु विश्वविद्यालय बीचको समझदारी पत्र (एमओयू) अर्को सूचना नभएसम्मका लागि निलम्बन गरिएको छ। जेएनयू देशको साथमा उभिएको छ।"
Due to National Security considerations, the MoU between JNU and Inonu University, Türkiye stands suspended until further notice.
— Jawaharlal Nehru University (JNU) (@JNU_official_50) May 14, 2025
JNU stands with the Nation. #NationFirst @rashtrapatibhvn @VPIndia @narendramodi @PMOIndia @AmitShah @DrSJaishankar @MEAIndia @EduMinOfIndia
भारतले मे ७ मा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको थियो। भारतले उक्त सैन्य कारबाहीलाई २२ अप्रिलमा पहलगाममा भएको आक्रमणको बदलाको रूपमा वर्णन गर्दै त्यसको नाम 'अपरेशन सिन्दूर' राखेको थियो।
भारत–पाकिस्तान द्वन्द्वको समयमा टर्किएले पाकिस्तानलाई खुलेआम समर्थन गरेको थियो। तर युद्धविरामको घोषणापछि भने टर्किएले यस निर्णयको स्वागत गर्दै दुवै देशले प्रत्यक्ष र स्वस्थ वार्ता गर्नुपर्ने बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
