तोलामा ३ हजार ५०० रुपैयाँले घट्यो सुन

नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको छ।

काठमाडौँ– बुधबारको तुलनामा आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ। त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ हजार ५०० तथा चाँदी ३५ रुपैयाँले घटेको छ। 

सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको छ। त्यसैगरी, चाँदी १ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

बुधबार प्रतितोला सुन १ लाख ८५ हजार ३०० र चाँदी १ हजार ९६० रुपैयाँमा खरिदबिक्री भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार १६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।