नेपालले यसअघि बहराइनलाई ९ विकेटले हराएको थियो। मंगलबार हङकङसँग भने पराजित भएको थियो।
काठमाडौँ– आईसीसी महिला टी२० विश्वकप एशिया छनोटमा नेपालले बहराइनविरुद्ध पहिला बलिङ गर्ने भएको छ।
बैंककस्थित टेरथाई मैदानमा भएको टसमा बहराइनले जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो।
नेपालले यसअघि बहराइनलाई ९ विकेटले हराएको थियो। मंगलबार हङकङसँग भने पराजित भएको थियो।
समूह चरण पार गर्दै सुपर ‘थ्री’मा पुग्ने सम्भावना कायम राख्न नेपालले बहराइनलाई हराउनुपर्नेछ। समूह ‘सी’मा हङकङ ३ खेलबाट ४ अंकसहित शीर्षस्थानमा छ। समान खेलबाट नेपाल ३ अंकसहित दोस्रो स्थानमा छ।
प्रतियोगितामा नेपालसहित आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएई सहभागी छन्।
नेपाल समूह ‘सी’मा रहेको छ। नेपालको समूहमा बहराइन र हङकङ छन्। समूह ‘ए’मा भुटान, कुवेत र थाइल्यान्ड तथा समूह ‘बी’मा मलेसिया, कतार र यूएई छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
