दक्षिणी गाजामा इजरायलको हवाई आक्रमण, ५४ जनाको मृत्यु

यसअघि, उत्तरी र दक्षिणी गाजामा बुधबार भएको हवाई आक्रमणमा करिब दुई दर्जन बालबालिकासहित कम्तीमा ७० जनाको मृत्यु भएको थियो।

तस्वीर: एपी।

दक्षिणी गाजाको खान युनिस शहरमा इजरायलको हवाई आक्रमणमा ५४ जनाको मृत्यु भएको छ। 

बिहीबार रातभर इजरायलले १० वटा हवाई आक्रमण गरेको थियो। समाचार संस्था एपीका अनुसार शहरको नासेर अस्पतालको शवगृहमा धेरै शव लगिएको थियो। अस्पतालको शवगृहले ५४ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

उत्तरी र दक्षिणी गाजामा बुधबार गरिएको हवाई आक्रमणमा करिब दुई दर्जन बालबालिकासहित कम्तीमा ७० जनाको मृत्यु भएपछि यो भारी बम विस्फोटको दोस्रो रात थियो।

यी आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको भ्रमण गरिरहेका बेला भएका हुन्।