सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको मृत्यु

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको मृत्यु भएको छ।

काठमाडौँ– सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको मृत्यु भएको छ।

सगरमाथाको चौथो शिविरमा गए राति आराम गरिरहेका अवस्थामा उनको निधन भएको पर्यटन विभागले जनाएको छ। उनी स्नो होराइजन टेक्स एन्ड एक्सपिडिसन प्रालिमार्फत सगरमाथा आरोहणमा गएका थिए।

फिलिप चौथो शिविरमा करिब रातको सात/आठ बजे थकित अवस्थामा पुगेका थिए। त्यसपछि आराम गर्न गएका उनी अवस्थामा मृत्यु फेला परेको आरोहण दलका सदस्यबाट बिहीबार जानकारीप्राप्त भएको विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

मृतकको शव आवश्यक प्रक्रिया पुर्‍याएर आधार शिविर ल्याउने प्रक्रिया भइरहेको जनाइएको छ।