गाजाको नागरिक सुरक्षा निकायका अनुसार बिहीबार बिहानैदेखि भएको इजरायली बमबारीमा परी मृत्यु हुनेको संख्या १०३ पुगेको छ।
गाजामा इजरायली आक्रमणबा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी उद्धारकर्ताहरूले बिहीबार जानकारी दिएका छन्। अमेरिका समर्थित एक संगठनले यस महिनाको अन्त्यसम्ममा सहायता वितरण शुरू गर्ने बताइरहेका बेला बिहीबार बिहानैदेखि ‘वेस्ट व्यांक’ क्षेत्रमा इजरायली सेनाद्वारा व्यापक हवाई आक्रमण भएको हो।
इजरायली सेना प्रमुखले भने, “एक गर्भवती इजरायली महिलाको ज्यान जाने गरी भएको आक्रमणमा संलग्नको खोजी गर्न कब्जा गरिएको पश्चिमी किनारामा छापा मार्ने क्रम जारी छ र सडक अवरुद्ध भएको छ।”
गाजाको नागरिक सुरक्षा निकायका अनुसार बिहीबार बिहानैदेखि भएको इजरायली बमबारीमा परी मृत्यु हुनेको संख्या १०३ पुगेको छ।
इजरायलले मार्च २ मा गाजा प्रवेशमा सबै सहायता रोकेको थियो भने मार्च १८ मा पुनः सैन्य कारबाही शुरू गरेको थियो।
ह्युमन राइट्स वाच (एचआरडब्लू)का अन्तरिम कार्यकारी निर्देशक फेडेरिको बोरेलोले बिहीबार जारी गरेको एक विज्ञप्तिमा इजरायलको नाकाबन्दी सैन्य रणनीतिभन्दा विनाश निम्त्याउने माध्यम बनेको उल्लेख छ।
“गाजाको नागरिक संरचना भत्काउने र प्यालेस्टिनी जनसंख्यालाई एउटा सानो घेरामा केन्द्रित गर्ने इजरायली सरकारको योजनाले मानवताविरुद्ध जारी अपराध, जातीय सफाया र नरसंहारको घृणित कार्यलाई व्यापक बढाउनेछ।”
उत्तरी गाजाका ४३ वर्षीय प्यालेस्टिनी अमिर सेल्हाले इजरायलले रातभर तीव्र गोलाबारी गरेको बताए। उनले बिहानै इजरायली सेनाको ड्रोनले आफ्नो छिमेकमा पर्चा खसालेको र त्यहाँका बासिन्दालाई दक्षिणतर्फ जान चेतावनी दिएको पनि बताए।
इजरायल र हमासबीच १९ महिनासम्म चलेको युद्धका क्रममा गाजाका अधिकांश नागरिक कम्तीमा एकपटक विस्थापित भएका छन्।
इजरायलले सन् २०२३ को अक्टोबरमा भएको आक्रमणमा कब्जामा लिइएका बाँकी बन्धकलाई मुक्त गर्न हमासलाई दबाब दिने उद्देश्य राखेको बताएको छ।
अमेरिकी सहयोगप्राप्त गैरसरकारी संस्था गाजा ह्युमेनिटेरियन फाउन्डेसनले इजरायली अधिकारीसँगको वार्तापछि यसै महिनाबाट गाजामा मानवीय सहायता वितरण शुरू गर्ने जनाएको छ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का पाँच युरोपेली सदस्य राष्ट्रले मंगलबार एक संयुक्त वक्तव्य जारी गर्दै इजरायली योजनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
हमासशासित गाजाको स्वास्थ्य मन्त्रालयले बिहीबार इजरायलले मार्च १८ देखि पुनः आक्रमण शुरू गरेयता दुई हजार ८७६ जनाको मृत्यु भएको जनाएको छ।
हमासले सन् २०२३ अक्टुबर ७ मा गरेको आक्रमणमा इजरायली पक्षका एक हजार २१८ जनाको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
