ला लिगा: बार्सिलोना बन्यो च्याम्पियन

बिहीबार राति भएको खेलमा इस्पान्योललाई २–० ले पराजित गर्दै बार्सिलोनाले लिगको उपाधि हात पारेको हो।

काठमाडाैँ– बार्सिलोना यो वर्षको स्पेनिश ला लिगा च्याम्पियन बनेको छ। बिहीबार राति भएको खेलमा इस्पान्योललाई २–० ले पराजित गर्दै बार्सिलोनाले लिगको उपाधि हात पारेको हो।

बार्सिलोनाको जितमा लामिन यमाल र फर्मिन लोपेजले १/१ गोल गरे। खेलको ५३औँ मिनेटमा यमालले ड्यानी ओल्मोको पासलाई नियन्त्रणमा लिँदै गोल गरे भने इन्ज्युरी समयमा यमालकै पासमा फर्मिनले गोल गर्दै जित सुनिश्चित गरे।

बार्सिलोनाको यस जितमा प्रशिक्षक हान्सी फ्लिकको भूमिका पनि महत्त्वपूर्ण रह्यो। "यस उपाधिमा फ्लिकको ठूलो हिस्सा छ," खेलपछि मिडफिल्डर पेड्री गोन्जालेजले भने, "उनले टोलीलाई पूर्ण रूपमा परिवर्तन गरे, र यो सिजन सम्झन लायक छ।"

यो जितसँगै बार्सिलोनाले लिगको दुई खेलअघि नै दोस्रो स्थानको रियल मड्रिडसँग ७ अंकको अग्रता कायम गरेको छ। यस सिजन कोपा डेल रे र स्पेनिस सुपर कपको उपाधि जितेको बार्साले स्पेनिस फुटबलमा खेलेको सबै ट्रफी कब्जा गरेको छ।

बार्सिलोनाले आइतबार हुने भिल्लारियलविरुद्ध खेलपछि मात्रै लिगको ट्रफी प्राप्त गर्नेछ।