इजरायलले विगत साढे दुई महिनादेखि गाजामा राहत सामग्री प्रवेशमा समेत प्रतिबन्ध लगाएको छ।
बिहीबार मध्यरातदेखि गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा ११४ जना प्यालेस्टिनीको मृत्यु भएको छ। हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सी र उद्धारकर्मीहरूले यो रिपोर्ट गरेका हुन्।
इजरायलले विगत साढे दुई महिनादेखि गाजामा राहत सामग्री प्रवेशमा समेत प्रतिबन्ध लगाएको छ। साथै, इजरायलले गाजामा पत्रकारहरूको प्रवेशमा पनि प्रतिबन्ध लगाएको छ। गाजाकी एक महिलाले बीबीसीसँगको कुराकानीमा त्यहाँका बालबालिका भोकमरीको शिकार भइरहेको बताइन्। "बच्चाहरू भोकाएकाले रुन्छन् भने उनीहरूका आमाहरू खुवाउनका लागि केही नभएकोले रुन्छन्," उनले भनिन्।
यद्यपि, इजरायली सरकारले गाजामा खाद्यान्नको अभाव नभएको दाबी गरेको छ। युद्धविराम सम्झौता भंग भएदेखि इजरायलले गाजामा धेरै हवाई आक्रमण गरेको छ।
इजरायल र हमासबीचको युद्ध २०२३ को अक्टोबर ७ देखि शुरू भएको थियो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध शुरू भएदेखि गाजामा कम्तीमा ५२ हजार ८२९ जनाको मृत्यु भइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
