परम्परागत पोशाकमा सजिएका युवतीहरू अगाडि लाइनमा उभिन्छन्, आफ्नो लामो कपाललाई एक छेउबाट अर्को छेउमा सुन्दर ढंगले घुमाउँछन्।
काठमाडाैँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरेबियाबाट कतारको छोटो भ्रमणपछि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका छन्। यूएईको आबुधाबीमा उनलाई बिहीबार गरिएको स्वागत नृत्यको अहिले चर्चा भइरहेको छ।
ट्रम्पलाई यूएईको परम्परागत इमिराती 'अल-अयाला' नृत्यद्वारा गरिएको स्वागतले सामाजिक सञ्जालसहित इन्टरनेटको ध्यान खिचेको छ। जसमा युवतीहरूले कपाल उछाल्दै नृत्यको लय समात्छन्।
ट्रम्पकी विशेष सहायक तथा सञ्चार सल्लाहकार मार्गो मार्टिनले सामाजिक सञ्जाल एक्समा उक्त भिडियो साझा गरेकी थिइन्। जसको क्याप्सन थियो– 'यूएईमा स्वागत समारोह जारी छ!'
भिडियोमा, परम्परागत सेतो पोशाकमा सजिएका महिलाहरू दुवै छेउमा लाइनमा उभिएका छन्। स्वागतको भागको रूपमा आफ्नो कपाल उछाल्दै गरेको देखिन्छ। तिनीहरूको पछाडि लट्ठी बोकेका पुरुषहरू नारा लगाउँदै र गाउँदै गरेको देखिन्छन्।
उक्त स्वागत र कलाकारहरूको प्रस्तुतिपछि यूएईको राष्ट्रपति भवन कसर अल वतनमा पत्रकारहरूसँग बोल्दै ट्रम्पले भने, "कस्तो सुन्दर शहर। मलाई यो मन पर्छ।"
युनेस्कोका अनुसार, अल-अयाला एक प्रसिद्ध र गतिशील सांस्कृतिक प्रदर्शन हो जसमा लयबद्ध ढोल संगीत, काव्यात्मक मन्त्र र समन्वित नृत्य चालहरू समावेश हुन्छन्। यस नृत्यले नक्कली युद्धलाई चित्रण गर्दछ। परम्परागत पोशाकमा सजिएका युवतीहरू अगाडि लाइनमा उभिन्छन्, आफ्नो लामो कपाललाई एक छेउबाट अर्को छेउमा सुन्दर ढंगले घुमाउँछन्। तिनीहरूको पछाडि पुरुषहरूको दुई पंक्तिहरू (सामान्यतया प्रति पंक्तिमा लगभग बीस जना हुन्छन्) तरवार वा भाला प्रतिनिधित्व गर्ने पातलो बाँसको लौरो समातेर एकअर्काको विपरीत उभिन्छन्। यस नृत्यमा सबै उमेर समूह, लिंग र सामाजिक पृष्ठभूमिका व्यक्तिहरू सहभागी हुन्छन्।
रिपोर्टका अनुसार,डोनाल्ड ट्रम्प यूएईलाई कृत्रिम बुद्धिमत्ता (एआई)मा विश्वव्यापी अग्रणीको रूपमा स्थापित गर्नका लागि सघाउन त्यहाँ पुगका छन्। द इकोनोमिक टाइम्सको एक रिपोर्टले अमेरिकाले यूएईसँग प्रारम्भिक सम्झौता गरेको बताएको छ जसले यस वर्षदेखि वार्षिक पाँच लाखको संख्यामा एनभिडियाको सबैभन्दा उन्नत एआई चिपहरू आयात गर्न अनुमति दिनेछ। साथै यस सम्झौताले एआई मोडेलहरू विकास गर्न आवश्यक डाटा सेन्टरहरू निर्माण गर्ने यूएईको प्रयासलाई गति दिने पनि अपेक्षा गरिएको छ।
ट्रम्पले आफ्नो यस कार्यकालको पहिलो भ्रमणमा खाडी राष्ट्रलाई चुनेका छन्। त्यसैले पनि खाडी राष्ट्रहरूले उनलाई प्रभावित पार्न स्वागतमा हरसम्भव प्रयास गरिरहेका छन्।
The welcome ceremony in UAE continues! ???? pic.twitter.com/sXqS1IboMN
— Margo Martin (@MargoMartin47) May 15, 2025
साउदी अरेबियामा, ट्रम्पले मंगलबार बिहान एयर फोर्स वानमा उडान भर्दा छ वटा लडाकु जेटको एस्कर्ट पाएका थिए। त्यसको भोलिपल्ट कतारमा ट्रम्पको पर्खाइमा ऊँटहरूको परेड र साइबरट्रक मोटरकार्ड थियो, जहाँ उनलाई लडाकु विमानहरूले पनि सुरक्षा दिएका थिए।
ह्वाइट हाउसले राष्ट्रपतिले आफ्नो भ्रमणको क्रममा खाडी राष्ट्रहरूबाट एक ट्रिलियन डलरभन्दा बढीको आर्थिक लगानी प्रतिबद्धता प्राप्त गरेको बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
