टी–२० विश्वकप एशिया छनोटको 'सुपर थ्री'मा पुग्यो नेपाल

शुक्रबार तय भएको हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि सुपर थ्रीमा नेपालको स्थान पक्का भएको हो।

काठमाडौँ– थाइल्यान्डमा जारी आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटको खेलमा नेपालले सुपर थ्रीमा स्थान पक्का गरेको छ। शुक्रबार तय भएको हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि सुपर थ्रीमा नेपालको स्थान पक्का भएको हो।

बिहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्रीमा पुग्ने सम्भावना बलियो बनेको थियो। नेपालले ४ खेलमा २ जित, १ हार र १ रद्द खेलले ५ अंक जोडेको छ। नेपाल र हङकङको समान ५-५ अंक थियो। तर, नेपाल बढी जित निकालेका आधारमा दोस्रो चरणमा पुगेको हो।

छनोटमा सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरिएको थियो। हरेक समूहको विजेता सुपर थ्रीमा प्रतिस्पर्धा गर्ने प्रावधानअनुसार नेपाल, यूएई र थाइल्यान्डले सुपर थ्रीमा खेल्नेछन्।