संयुक्त राष्ट्रसंघीय अन्तरिम बलका प्रवक्ताका अनुसार दक्षिण लेबनानमा शान्ति सैनिकको नियमित गस्तीका क्रममा स्थानीयले हातहतियारसहित अवरोध गरेपछि झडपको स्थिति सिर्जना भएको हो।
दक्षिण लेबनानमा शुक्रबार संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको नियमित गस्तीका क्रममा स्थानीयले हातहतियारसहित अवरोध गरेपछि तनावपूर्ण स्थिति सिर्जना भएको छ। स्थानीयले शान्ति सैनिकमाथि गोली र टियर ग्यास प्रहार गरेको आरोप लगाएका छन्।
संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (यूएन आईएफआईएल)का प्रवक्ता आन्द्रेआ तेनेन्तीले दिएको जानकारीअनुसार ज्मैज्मे नगर नजिक नियमित गस्ती गरिरहेको टोलीमाथि आक्रोशित स्थानीयको ‘ठूलो समूह’ले लाठी र बन्चरोजस्ता हतियारसहित आक्रमण गरेका थिए। यस क्रममा यूएनका सवारीसाधनहरूमा क्षति पुगेको जनाउँदै तेनेन्तीले यस्ता घटना ‘स्वीकार्य नहुने’ बताए। शान्ति सैनिकले आफ्नो र स्थानीयको सुरक्षाका लागि ‘गैरप्राणघातक’ उपाय अपनाएको उनको भनाइ छ।
यूएन सैनिकमध्ये कोही पनि घाइते नभएको भए पनि ज्मैज्मे नगरका बासिन्दाले जारी गरेको विज्ञप्तिमा एक जना व्यक्ति घाइते भएको दाबी गरिएको छ।
स्थानीयको भनाइअनुसार यूएनआईएफआईएलको गस्ती टोलीले लेबनानी सेनाको उपस्थितिबिना नगरको छेउछाउ प्रवेश गरेपछि उनीहरूलाई बाहिर जान आग्रह गरिएको थियो। तर त्यसपछि झडपको स्थिति सिर्जना भयो।
तेनेन्तीले भने, “गस्ती पूर्वनियोजित र लेबनानी सेनासँग समन्वयमा गरिएको थियो।” साथै, उनले युनीफीलको काममा अवरोध नगर्न र सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरे।
उक्त शहर इजरायल सिमानानजिकै पर्छ। यहाँ नोभेम्बरमा भएको युद्धविराम सम्झौताअनुसार लेबनानी सेना र यूएन बलले निगरानी गर्ने जिम्मेवारी पाएका छन्। यस्तो झडप प्रायः हिजबुल्लाह समर्थक र युनीफीलबीच देखिने भए पनि प्रायः ती चाँडै नियन्त्रणमा ल्याइन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
