कोशी, बागमती, गण्डकी र लुम्बिनीमा हल्का वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ। 

काठमाडौँ– देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

दिउँसो कोशी, बागमती र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यसैगरी, राति पनि देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।