काठमाडौँबाट बाहिरिने वा भित्रिने सवारीसाधनले यो सडक रोज्न थालेका छन्। करिब ४५ मिनेटमा सीतापाइलाबाट धार्के पुग्न सकिन्छ।
काठमाडौँ– प्राय: जाम भइरहने नागढुंगा-नौबिसे सडकको विकल्प धार्के-सीतापाइला सडक बनेको छ। काठमाडौँबाट बाहिरिने वा भित्रिने सवारीसाधनले यो सडक रोज्न थालेका हुन्।
नागढुंगा-नौबिसे सडकमा खाल्डैखाल्डा छन्। त्यसमाथि स्तरोन्नति भइरहेकाले निजी सवारीसाधनले गत वर्षदेखि नै सीतापाइला-भीमढुंगा-धार्के सडक प्रयोग गर्न थालेका थिए। अहिले भने यात्रुवाहक माइक्रो बसलगायत सवारी पनि यहाँबाट चल्न थालेका छन्। यो सडकको दूरी २४ किलोमिटर छ। करिब ४५ मिनेटमा सीतापाइलाबाट धार्के पुग्न सकिन्छ।

यो बाटोमा चहलपहल बढेपछि स्थानीयको आयआर्जन पनि बढेको छ। स्थानीयले उत्पादन गरेको तरकारी यात्रुले किनेर लैजाँदा आम्दानीको स्रोत भएको छ। सडक छेउमा स्थानीय उत्पादन किन्न पाइन्छ। तरकारी बेच्न काठमाडौँ नै पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ।

सडकबाट देखिने मनमोहक तरकारी फाँटले पनि यात्रुलाई लोभ्याउने गरेको छ। मोटरसाइकलमा यात्रा गर्नेहरू यसको मजा लिइरहेका देख्न सकिन्छ।
धार्के–सीतापाइला सडक हालै बनेको भने होइन। नागढुंगा-नौबिसे सडकखण्डको चाप घटाउन २०४५ सालबाट नै यसको निर्माण शुरू गरिएको थियो। अहिले पनि पूर्ण रूपमा निर्माण सकिएको छैन। केही ठाउँमा कालोपत्रे गर्न बाँकी नै छ।





Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
