गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको १० महिनामा एक हजार ८७२ उद्योगी तथा व्यवसायीलाई कारबाही गरेको छ।
जनकपुरधाम– गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको १० महिनामा एक हजार ८७२ उद्योगी तथा व्यवसायीलाई कारबाही गरेको छ।
कार्यालयका अनुसार आफूखुशी ढक तथा तराजु र (डिजिटल) नापतौल मेसिनको प्रयोग गर्नेहरूलाई जरिबानासहित कानूनी दायरमा ल्याइएको हो।
चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म गरिएको अनुगमनका क्रममा उनीहरूलाई कारबाही गरिएको कार्यालय प्रमुख सुनील यादवले जानकारी दिए।
कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा रामेछापमा अनुगमन गरेको थियो। सो अवधिमा दुई हजार ३७२ जना व्यवसायीको नापतौल यन्त्रको जाँच गरिएको थियो।
कार्यालयले सो अवधिमा एकल अनुगमन २९ पटक, व्यावसायिक फर्मको अनुगमन २७२ पटक, संयुक्त अनुगमन १८ पटक, व्यावसायीक फर्मको अनुगमन ४९९ पटक गरेको थियो। जसमा कार्यालयले विभिन्न शीर्षकमा ४१ लाख १२ हजार ८४० संकलन गरेको छ।
कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा र विभिन्न शीषर्कबाट तीस लाख ६३ हजार २४४ रुपैयाँ राजस्व संकलन गरेको थियो। गत आर्थिक वर्षमा कार्यालयले एक हजार ९७५ कम्पनी अनुगमन गरी एक हजार ३९० कम्पनीलाई कारबाही गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
