क्रिस्टल प्यालेसलाई पहिलो पटक एफए कपको उपाधि

शनिबार म्यानचेस्टर सिटीलाई १–० ले हराउँदै प्यालेस च्याम्पियन बनेको हो। यससँगै सिटी यो सिजन ट्रफीविहीन बनेको छ।

काठमाडौँ– क्रिस्टल प्यालेसले पहिलो पटक एफए कपको उपाधि जितेको छ।

शनिबार म्यानचेस्टर सिटीलाई १–० ले हराउँदै प्यालेस च्याम्पियन बनेको हो। यो नै प्यालेसले आफ्नो क्लब इतिहासमा जितेको पहिलो ट्रफी हो। 

वेम्बलीमा एबेरेची एजेले १६औँ मिनेटमा गरेको गोल प्यालेसलाई च्याम्पियन बन्न पर्याप्त रह्यो। ३६औँ मिनेटमा सिटीले पेनाल्टीको अवसर पाए पनि गोल गर्न सकेन। ओमर मार्मोसको पेनाल्टी प्रहार प्यालेसका गोलकिपर हेन्डरसनले बचाएका थिए।  

यससँगै सिटी यो सिजन ट्रफीविहीन बनेको छ।