मेची राजमार्गमा पर्ने उक्त स्थानमा बर्ने चिया बगान पनि रहेको छ। चिया बगानको सदावहार हरियाली माझ राताम्य भएर फुलेका गुलमोहरले यात्रुलाई आकर्षित गर्ने गरेको छ।
झापा– बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ।
यतिबेला, गुलमोहरको फोटो तथा श्रव्यदृश्य खिच्न पर्यटकको घुइँचो लाग्ने गरेको छ। “कति पर्यटक आउँछन् भनेर तथ्यांक राखिएको छैन,” गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँ भन्छन्, “शनिबार र सार्वजनिक बिदाका दिन अन्य दिनभन्दा बढी पर्यटक आउने गरेका छन्।”
पर्यटकको चहलपहल बढेपछि पालिकाले सो स्थानमा सुविधाका लागि खानेपानी, शौचालय र चौतारो निर्माण गरिदिएको छ। साना होटल र चिया पसल पनि खुल्ने क्रम जारी छ।
मेची राजमार्गमा पर्ने उक्त स्थानमा बर्ने चिया बगान पनि रहेको छ। चिया बगानको सदावहार हरियालीका माझमा ढकमक्क राताम्य भएर फुलेका गुलमोहरले हरेक यात्रुलाई आकर्षित गर्ने गरेको छ। पालिकाले गत वर्ष त्यस वरपर २०० भन्दा बढी गुलमोहरका बिरुवा रोपेको छ।
गुलमोहरको रुख भएको सडक छेउको आधा किलोमिटर क्षेत्रमा ब्लक बिछ्याएर सडकलाई फराकिलो बनाएको छ। पर्यटकले त्यसलाई ‘टिकटक रोड’ नाम दिएका छन्। इलामको कन्याम, श्रीअन्तु, माइपोखरीलगायत पर्यटकीयस्थल जाँदै गरेका व्यक्ति गुलमोहरको सौन्दर्यबाट मोहित बन्ने गरेका छन्।
यहाँबाट एक किलोमिटर उत्तर बुद्धशान्तिकै वडा नं ६ मा रहेको झोलुंगे पुल पनि पर्यटकीय गन्तव्य बनेको छ। झोलुंगे पुल हेर्न जानेहरू समेत बाटैमा रहेको गुलमोहरको सौन्दर्यको आनन्द लिन भुल्दैनन्। गुलमोहरले आकर्षित गर्दा यहाँका सवारीसाधनमा यात्रुको चाप बढेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
