नेप्से परिसूचक २.७९ अंकले घट्यो, साढे ८ अर्बको कारोबार

आइतबार नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ को विन्दुमा कायम भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.७९ अंकले घटेर २६०९.०५ को विन्दुमा कायम भएको छ। पछिल्लो ६ कारोबार दिनयता नेप्से परिसूचकमा गिरावट देखिएको हो।

यस दिन ३०९ कम्पनीको एक करोड ६९ लाख सात हजार ७३७ कित्ता शेयर ७९ हजार ८९३ पटक खरिदबिक्री हुँदा आठ ५० करोड ९२ लाख २१ हजार ३१२ रुपैयाँ कारोबार भएको छ। यस दिन १०० कम्पनीको शेयर मूल्य बढ्दा १४५ कम्पनीको घटेको छ भने एउटा स्थिर अवस्थामा छ।

यस दिन ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, छाब्दी हाइड्रोपावर लिमिटेड ९.९९, विन नेपाल लघुवित्तीय संस्था लिमिटड ९.५३, नेपाल पुनर्बीमा कम्पनी ८.४१, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य ७.३२ प्रतिशतले बढेको छ।

आज सबैभन्दा बढी कर्पोरेट डेभपलमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ८.७१ प्रतिशतले घटेको छ। साथै सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको ७० करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।