नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारी (साम्बा)को सम्मानार्थ साम्बाचोक नामकरण र स्तम्भ निमार्ण गरिएको हो।
काठमाडाैँ– नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लबकी खेलाडी सावित्रा भण्डारी (साम्बा)को सम्मानार्थ साम्बाचोक नामकरण र स्तम्भ निमार्ण गरिएको छ।
लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका –९ स्थित खुदीबजार चोकमा निर्माण गरिएको साम्बा स्तम्भको सोही गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ्गले सोमबार उद्घाटन गरेको सशस्त्रका डीएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। कार्यक्रममा साम्बाका बुवाआमालाई माला लगाइदिएर सम्मान गरिएको थियो।
उद्घाटन कार्यक्रममा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, मर्स्याङ्दी गाउँपालिका–९ का वडा अध्यक्ष हरिसचन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपतिलगायत स्थानीयसमेतको उपस्थिति रहेको थियो। लमजुङ साम्बाको गृहजिल्ला हो।
नेपाल एपीएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार साम्बा पछिल्लो समय स्वदेशमा मात्र नभई विदेशमा समेत चिर्चित फुटबल खेलाडी बन्न पुगेकी छन्। हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब एन आभान गेङगाङ्पमा आवद्ध छिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
