नेपाली महिला टोलीले यूएईलाई पाँच विकेटले पराजित गर्दै टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएको हो।
काठमाडाैँ– नेपालले पहिलो पटक आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएको छ। संयुक्त अरब इमिरेट्स (यूएई)लाई पाँच विकेटले पराजित गर्दै सो स्थान बनाएको हो।
सुपर–३ को शीर्ष दुईमा स्थान बनाउँदै नेपालले एक खेल अगावै उक्त सफलता प्राप्त गरेको हो। अब नेपालले यसै वर्ष महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता खेल्ने छ। ग्लोबल छनोटमा नेपालसहित १० टोली सहभागी हुनेछन्। उक्त प्रतियोगितामा शीर्ष चार स्थान बनाउने टोलीले सन् २०२६ मा इंग्ल्यान्डमा हुने आईसीसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने छन्।
थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा सोमबार टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रन बनायो। ११५ रनको विजयी लक्ष्य नेपालले १९.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३० रन बनाइन्। यसैगरी रुविना क्षेत्रीले २३, सम्झना खड्काले २१, पुजा महतोले १३, राजमती ऐरीले आठ तथा रुवि पोदारले अविजित ६ रन बनाइन्।
बलिङतर्फ यूएईका लागि मिसेल बोथ, सुरक्षा कोटे, वैष्णभी महेश र कप्तान इशा ओजाले एक/एक विकेट लिए।
यसअघि यूएईका लागि ११४ रन बनाउने क्रममा कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन्। त्यस्तै, तीर्थ सतिशले २१, हिना होटचन्दनीले २० र लाभन्या केनीले १२ रन बनाए।
बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले चार, कविता कुँवरले दुई तथा राजमती ऐरीले एक विकेट लिए। यसअघि सुपर–३ को पहिलो खेलमा थाइल्यान्डले यूएईलाई ५४ रनले हराउँदै ग्लोलब छनोटमा स्थान पक्का गरिसकेको छ। अब नेपालले सुपर–३ को अन्तिम खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
