गाजा पट्टीमा ‘आधारभूत खाद्यान्न वितरण’ पुनः शुरू गर्न अनुमति दिइएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
दुई महिनाभन्दा लामो नाकाबन्दी हटाउन दबाबको सामना गरिरहेको इजरायलले गाजा पट्टीमा ‘आधारभूत खाद्यान्न प्रवाह’लाई अनुमति दिएको छ। इजरायली प्रधानमन्त्रीको कार्यालयले यसबारे जानकारी दिएको हो।
पछिल्लो पटक गाजामा सेनाले अभियान शुरू गरेको घोषणा गरेको केही समयपछि इजरायल र हमासले युद्ध रोक्नका लागि छलफल पनि गरेका छन्।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले सेनाको सिफारिसमा ‘गाजामा भोकमरीको अवस्था आउन नदिन’ इजरायलले जनताका लागि आधारभूत खाद्यान्न प्रवेशलाई अनुमति दिने जनाएको छ।
इजरायलले आफ्नो नाकाबन्दी प्यालेस्टिनी अतिवादी समूहविरुद्ध भएको बताएको छ। यता, संयुक्त राष्ट्रसंघीय निकायले गाजामा खानापानी, इन्धन र औषधिको गम्भीर अभावको चेतावनी दिएका छन्।
इजरायलका सहयोगीसमेत रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका धेरै मानिसले खाद्यान्न अभावको सामना गरिरहेको उल्लेख गर्दै उक्त क्षेत्रमा हेरविचार गर्न गइरहेको बताएका थिए।
फ्रान्सेली विदेशमन्त्री जाँ–नोएल ब्यारोले इजरायललाई ‘तत्काल बिनाअवरोध’ सहायताको आपूर्ति पुनः शुरू गर्न अनुमति दिन आग्रह गरेका छन्।
इजरायली सेनाले गाजा पट्टी, उत्तर र दक्षिणमा स्थलगत अपरेसन शुरू गरेको र प्रमुख स्थानमा सेना तैनाथ गरिएको बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
