सोमबार नेप्से परिसूचक १९.३० अंक बढेर २६२८.३६ विन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.३० अंक अर्थात् ०.७४ प्रतिशतले बढेर २६२८.३६ विन्दुमा कायम भएको छ। पछिल्लो ६ कारोबार दिनपछि सोमबार नेप्से परिसूचकमा सुधार देखिएको हो। तर यस दिन कारोबार रकम भने घटेको छ।
यस दिनको कारोबारमा विभिन्न ३२४ कम्पनीका एक करोड ६२ लाख पाँच हजार ५५८ कित्ता शेयर सात अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५ रुपैयाँमा किनबेच भएको छ। आइतबार आठ ५० करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
यस दिनको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक १.२४ अंकले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। नेप्सेका अनुसार बैंकिङ १.१७, विकास बैंक १.८८, वित्त ०.७०, जलविद्युत् ०.९४, लगानी ०.७२, जीवन बीमा ०.४१, उत्पादन तथा प्रशोधन ०.२८, लघुवित्त ०.१३, म्युचुअल फन्ड ०.२३, निर्जीवन बीमा १.१२, अन्य ०.४४ र व्यापार समूहको उपसूचक ०.५७ प्रतिशतले बढेको छ।
यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साथै सिन्धु विकास बैंक र ओम मञ्जुश्री फार्मास्युटिकल लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले उकालो लागेको छ।
साथै विन नेपाल लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। त्यसैगरी छ्याङदी हाइड्रोपावरको शेयर मूल्य ४.४०, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ४.३९ प्रतिशतले घटेको छ। साथै सबैभन्दा बढी राधी विद्युत् कम्पनीको ५९ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
