बाढीपहिरोका कारण खानेपानीका पाइप र मुहानमा क्षति पुग्दा स्थानीय खोलाको दूषित पानी पिउन बाध्य भएको नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङको भनाइ छ।
हुम्ला– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ तिलगाउँका स्थानीय बाढीपहिरोले अन्नबाली नष्ट भएपछि राहतको पर्खाइमा छन्। जेठ १ गते राति आएको बाढीपहिरोले तिलगाउँमा खेतीयोग्य, सिँचाइ, जलविद्युत्, खानेपानीलगायत संरचनामा क्षति पुर्याएको हो।
नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार तिलगाउँभन्दा माथि रहेका दुई हिमताल भासिएका छन्। हिमताल भासिएपछि गाउँमा बाढीपहिरो आएको उनले बताए। “हिमताल फुटेका होइनन्, जमिन नै भासिएको हो,” वडाध्यक्ष तामाङले भने। आइतबार नौ घण्टा हिँडेर उनको टोली ताल भासिएको ठाउँमा पुगेको थियो।
“लेदो र पहिरो आउने क्रम रोकिएको छ। तर पनि यहाँका बासिन्दा त्रसित छन्,” उनले भने।
तिलगाउँका १९ परिवारका ३३ जना गाउँमा बाढीपहिरो आएपछि खोलाको दूषित पानी पिउन बाध्य छन्। खानेपानीका पाइप र मुहानमा क्षति पुगेको वडाध्यक्ष तामाङले बताए। “गाउँमा ल्याइएको खानेपानीको मुहान नै बगाएको छ। पाइप फुटेका छन्। स्थानीयले खोलाको धमिलो पानी पिउन थालेका छन्,” उनले भने।
स्थानीय अहिले विद्यालयनजिकै पाल टाँगेर बस्दै आएका छन्। गाउँमा बुढापाका र बालबालिका मात्रै छन्। गाउँका अन्य युवायुवती रोजगारीका लागि तिब्बत गएका छन्।
उनीहरू पहिरोको त्रासले तिलगाउँभन्दा टाढा त्रिपालमुनि बस्न थालेका छन्। “दिउँसो खानेकुरा लिन गाउँमा आउने गरेका छन्, राति सुत्न भने त्रिपाल टाँगेकै ठाउँमा फर्किने गरेका छन्”, वडाध्यक्ष तामाङले भने।
पहिरोले विभिन्न भौतिक पूर्वाधारदेखि खेतीयोग्य जमिनाका साथै गाउँनजिक रहेको १५ किलोवाट क्षमताको जलविद्युत् आयोजनामा पनि क्षति पुर्याएको छ। अहिले यहाँका बासिन्दा बिजुलीविहीन अवस्थामा छन्। मोबाइलमा चार्ज गर्न समस्या भएको स्थानीयले बताएका छन्।
पाक्न लागेको उवा बाली पनि सबै सखाप भएको छ। उवा बाली सबै बगाएपछि स्थानीय बासिन्दा राहतको प्रतीक्षामा रहेका वडाध्यक्ष तामाङले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
