‘नदीसँगै हामी’ परियोजनाअन्तर्गत नारायणीको देवघाटधामदेखि गोलाघाटसम्मका आठ स्थानमा गरेको एक अध्ययनमा अन्य फोहोरको तुलनामा प्लास्टिकजन्य फोहोर बढी भेटिएको छ।
चितवन– चितवनस्थित नारायणी नदीमा प्लास्टिकजन्य फोहोर अधिक मात्रामा भेटिएको छ। यहाँका विभिन्न संघसंस्थाले संयुक्त रूपमा ‘नदीसँगै हामी’ परियोजनाअन्तर्गत नारायणीको देवघाटधामदेखि गोलाघाटसम्मका आठ स्थानमा गरेको एक अध्ययनमा अन्य फोहोरको तुलनामा प्लास्टिकजन्य फोहोर बढी भेटिएको हो।
परियोजनाकी संयोजक आकृति सुवेदीका अनुसार प्लास्टिकजन्य फोहोरको हिस्सा ४२.५५ प्रतिशत छ। जसमध्ये देवघाटक्षेत्र प्लास्टिकबाट थप प्रभावित बनेको छ। देवघाटमा ७२.२४ प्रतिशत प्लास्टिकका फोहोर देखिएको छ। त्यसैगरी, नदीमा दोस्रो र तेस्रो प्रदूषणका रूपमा १७.१४ प्रतिशत कपडाजन्य फोहोर र सिसा १२.६२ प्रतिशत रहेका छ भने जैविक फोहोर ७.८९ प्रतिशत देखिएको छ। सो क्षेत्रअन्तर्गत नदीको सबैभन्दा बढी फोहोर नारायणगढको नगरवन क्षेत्रमा २२.७ प्रतिशत र कम फोहोर नारायणगढकै जोरकुसुम पार्कमा ८.६ प्रतिशत देखिएको छ।
नदीको शिवघाट क्षेत्रमा १९.६ प्रतिशत नारायणगढको नदी किनार प्रदर्शनी क्षेत्रमा १७.२ प्रतिशत, गोलाघाटमा १६.५ प्रतिशत र देवघाट क्षेत्रमा १५.४ प्रतिशत फोहोर फेला परेको अध्ययन टोलीको निष्कर्ष छ।
अभियानका फोहोर लेखा परीक्षक इन्जिनियर सागर कार्कीले डाइपर, औषधिजन्य फोहोर र रासायनिक वस्तुहरूको व्यवस्थापनमा कमजोरी हुँदा नदीसम्म पुग्ने गरेको बताए। उनले देवघाटबाट बगाएका अधिकांश फोहोर गोलाघाट क्षेत्रसम्म पुगेको हुँदा सबै स्थानमा फोहोरको सही व्यवस्थापन आवश्यक रहेको बताए।
बढ्दो शहरीकरण र अव्यवस्थित फोहोरका कारण नदी संकटमा परेकाले नदी किनाराका तीर्थस्थल, घाट क्षेत्र, पर्यटकीय क्षेत्रमा फोहोर संकलन गर्ने भाँडा राख्नुपर्ने तथा ढल नदीमा मिसाउन नहुने जैविक फोहोर व्यवस्थापनमा जोड दिनुपर्ने र कानुनलाई कडाइका साथ लागू गर्नुपर्ने उनको भनाइ छ।
अभियानमा आबद्ध संस्था सहमतिको परियोजना संयोजक खेमराज खनालले नारायणी नदी प्रदूषणमा प्लास्टिक प्रमुख समस्याको रूपमा पहिचान गरिएको बताए। नदीको भविष्यलाई बचाउन सरकारले नीति बनाएर नै लाग्नुपर्ने उनको भनाइ छ। ‘नदीसँगै हामी’ अभियानमा चितवन र नवलपुरका १३ वटा संस्था आबद्ध छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
