सरकार गठनका विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्दै

गठबन्धन दलहरूबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भए पनि कसले पहिले गर्ने भन्ने टुंगो लागेको छैन।

फाइल तस्वीर

काठमाडौँ– सरकार गठनका विषयमा सहमति जुटाउन गठबन्धनका शीर्ष नेताको बैठक आज पनि बस्दै छ।

शनिबार बसेको बैठक बिना निष्कर्ष सकिए पछि नेताहरू पुनः बस्न लागेका हुन्। शनिबारको बैठकमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। तर, कसले पहिला नेतृत्व गर्ने भन्ने सहमति हुन सकेको छैन।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई दिएको समय आज बेलुका ५ बजेसम्म मात्रै छ। आजको बैठकले प्रधानमन्त्रीको पहिला बन्ने भन्ने टुंगो लगाउने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ।