सुनको मूल्य स्थिर, चाँदी घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ।

काठमाडौँ– स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ। चाँदीमा पनि सामान्य घटबढ भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ। त्यति नै परिमाणको चाँदी १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार एकतोला चाँदी १ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार २२८ डलरमा कारोबार भइरहेको छ।