विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिट दर्ता नहुने भएको छ।
काठमाडौँ– विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिट दर्ता नहुने भएको छ।
गभर्नर बनाउन नहुने भन्दै दिएको निवेदन सर्वोच्च प्रशासनले रिट दरपीठ गरिदिएपछि रिट निवेदक अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापा अर्को निवेदन लिएर पुगेका थिए। उनीहरूले दरपीठको निर्णय खारेज गरी निवेदन दर्ता हुनुपर्ने माग गरेका थिए।
मंगलबार निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले दरपीठ आदेश सदर गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।
सत्तारूढ दल नेपाली कांग्रेस र एमालेबीच पौडेललाई राष्ट्र बैंकको गभर्नर बनाउने सहमति भएको सार्वजनिक भएपछि गभर्नर सिफारिस समिति सदस्यबाट उनले राजीनामा दिएका थिए।
यसैबीच राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक अर्थ मन्त्रालयमा बैठक बसेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजकत्वको समितिमा अर्थविद् पोषराज पाण्डे र राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारी सदस्य छन्। राष्ट्र बैंकको गभर्नर पद गत चैत २५ गतेदेखि रिक्त छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
