सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा प्राडा. विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ।
काठमाडौँ– सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा प्राडा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ। मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो।
राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठकले तीन जनाको नाम सिफारिस गरेकोमा पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।मंगलबार नै अर्थ मन्त्रालयमा बैठक बसेको अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजकत्वको समितिले गभर्नरमा पौडेलसहित राष्ट्र बैंकका कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो।
यसअघि पौडेललाई राष्ट्र बैंकको गभर्नर बनाउन नहुने भन्दै परेको रिट सर्वोच्च अदालत प्रशासनबाट भएको दरपीठविरुद्धको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले दरपीठ आदेश सदर गरेको थियो।
त्यसअघि सत्तारूढ दलबीच राष्ट्र बैंकको गभर्नर बनाउन सहमति भएको सार्वजनिक भएपछि गभर्नर सिफारिस समिति सदस्यबाट उनले राजीनामा दिएका थिए। सरकारको निर्णयसँगै पौडेल राष्ट्र बैंकको १८औँ गभर्नर बनेका छन्। राष्ट्र बैंकको गभर्नर पद गत चैत २५ गतेदेखि रिक्त थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
