खाल्डोमा जमेको पानीमा डुबेर धनुषामा २ बालकको मृत्यु

पोखरीमा डुबेर कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिश साहको मृत्यु भएको छ।

जनकपुर– धनुषाको कमला नगरपालिका–२ मा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ।

कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिश साहको मंगलबार डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए। 

दाजुभाइ घरबाट दिउँसो खेल्न निस्केका थिए। राति अबेरसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा कृषि बाटोको छेउमा रहेको खाल्डोमा जमेको पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको सिंहले बताए।