युरोपेली संघले लगायो रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाब

ब्रसेल्समा बसेको युरोपेली संघका रक्षा तथा परराष्ट्रमन्त्रीको बैठकले युद्धविरामको पहललाई सघाउन रुसमाथि थप दबाब सिर्जना गर्ने निष्कर्ष निकालेको छ।

युक्रेन र रुसबीच युद्ध रोक्नका लागि प्रयास भइरहेका बेला युरोपेली संघले मंगलबार रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेको छ। 

ब्रसेल्समा बसेको युरोपेली संघका रक्षा तथा परराष्ट्रमन्त्रीको बैठकले युद्धविरामको पहललाई सघाउन रुसमाथि थप दबाब सिर्जना गर्ने निष्कर्ष निकालेको हो।

नयाँ प्रतिबन्धअन्तर्गत रुसी तेल ढुवानी गर्ने झन्डै २०० वटा पानीजहाजलाई प्रतिबन्धको दायरामा ल्याइएको छ। यी पानीजहाजले तेलसम्बन्धी प्रतिबन्ध उल्लंघन गर्दै अन्तर्राष्ट्रिय बजारमा रुसको तेल बिक्री गरिरहेको आरोप छ।

बैठकपछि युरोपेली संघकी परराष्ट्र नीतिप्रमुख काजा कालासले भनिन्, “रुसले बिनासर्त युद्धविराममा सहमति जनाएन भने, अमेरिकाले पनि त्यसको परिणाम भोग्नुपर्ने हुन सक्छ।”

यो १७औँ प्रतिबन्धको चरण तीन महिनादेखि तयार पारिँदै आएको थियो। हालको युद्धविराम वार्ता ढिलाइसँग यसको प्रत्यक्ष सम्बन्ध नरहे पनि रुसमाथि दबाब दिनका लागि प्रभावकारी उपायका रूपमा लागू गरिएको हो।

कालासका अनुसार युरोपेली संघले अर्को नयाँ प्रतिबन्ध प्रस्तावमा पनि काम गरिरहेको छ।