पौडी पोखरीमा डुबेर चितवनमा १ जनाको मृत्यु, ८ पक्राउ

इच्छाकामना गाउँपालिका–७ दाहाखानीस्थित दाहाखानी भ्यु रिसोर्टको पौडी पोखरीमा डुबेर २५ वर्षीय लोकेश महतोको मृत्यु भएको छ।

चितवन– भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार महतो मंगलबार राति इच्छाकामना गाउँपालिका–७ दाहाखानीस्थित दाहाखानी भ्यु रिसोर्टको पौडी पोखरीमा डुबेका थिए। उनी साथीहरूसँग पौडी खेल्न गएका थिए। 

घटनापछि प्रहरीले महतोका आठ जना साथीलाई नियन्त्रणमा लिएको छ। भरतपुर–२२ का सिमन थापा, प्रवीण घिमिरे, मेघलाल चुँडाल, दीपेश महतो, शुबु खत्री, वडा नं १३ का आदेश सुवेदी, १४ का आशिष शर्मा र लमजुङ सुन्दरबजारका नारायण बस्नेतलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ।