आज नेप्से ७.९४ अंक घटेर २,६६९.५१ विन्दुमा झरेको छ। नेप्से घटे पनि कारोबार रकम भने बढेको छ।
काठमाडाैँ– अघिल्ला दुई कारोबार दिन निरन्तर बढेको शेयरबजार बुधबार सामान्य अंकले घटेर बन्द भएको छ।
आज शुरूमा बढेर २७ सयको लाइन पार गरेको शेयरबजार परिसूचक नेप्से अन्त्यमा ७.९४ अंक घटेर २,६६९.५१ विन्दुमा झरेको हो। नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। मंगलबार ७ अर्ब ३१ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज ३१६ स्टकको २ करोड ३० लाख २६ हजार कित्ता शेयर खरिदबिक्री हुँदा १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य ८४ रुपैयाँ ६० पैसा बढेर ९३१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, सिन्धु विकास बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ। कारोबारमा आएको श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको शेयरमूल्य सर्वाधिक ८.३२ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७१ करोड ३ लाख ६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। बैंकिङ, विकास बैंक र म्युचुअल फन्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। यस्तै, जलविद्युत् उपसमूहको परिसूचक सबैभन्दा धेरै १ प्रतिशतले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
