मेची भन्सार कार्यालयको तथ्यांकनुसार चालु आवको वैशाख मसान्तसम्म अलैँची निर्यात भने ३.६० प्रतिशतले घटेको छ।
झापा– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको १० महिनामा चिया निर्यात ४६.१० प्रतिशतले वृद्धि भएको छ। कार्यालयको तथ्यांक अनुसार तीन अर्ब ६८ करोड २२ लाख ४७ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ।
चालु आवको १० महिनामा १३ हजार ८८६.७७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँले जानकारी दिए। गत आव २०८०/८१ को सोही अवधिमा दुई अर्ब ५२ करोड १० लाख १४ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो।
कार्यालयको तथ्यांकनुसार चालु आवको वैशाख मसान्तसम्म अलैँची निर्यात ३.६० प्रतिशतले घटेको छ। चालु आवको दश महिनामा छ अर्ब ६६ करोड २५ लाख ४५ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ। गत आव २०८०/८१ को सोही अवधिमा छ अर्ब ९० करोड ९४ लाख ४८ हजार बराबरको अलैँची निर्यात भएको थियो।
भेनीयर सिट ७९ प्रतिशत, फलामे पाता ७.७०, सीआरसिट ६२.२० प्रतिशत र मोलासिस निर्यातमा ८४४.३० प्रतिशतले वृद्धि भएको छ। यसैगरी सिमेन्ट क्लिङ्कर ३.९० प्रतिशत, छुर्पी १६.२० प्रतिशत, अदुवा ५९.४० प्रतिशत, अम्रिसो निर्यातमा १३ प्रतिशतले कमी आएको छ।
मेची भन्सारबाट चालु आवको १० महिनामा २१ अर्ब ४५ करोड ९३ लाख २३ हजार रुपैयाँको मालवस्तु निर्यात भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
