मध्यपुरथिमि नगरपालिका–८ र ९ बोडेका विभिन्न क्षेत्रबाट स्कुटर चोर्ने गिरोहका सात जनालाई पक्राउ गरी चोरी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भक्तपुर– ‘प्रहरी निरीक्षक हुँ’ भन्दै ठगी गर्दै हिँड्ने एकजना र विभिन्न ठाउँबाट स्कुटर चोरी गर्ने गिरोहका सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
भोजपुर घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी बस्ने २३ वर्षीय सुजन गिरीलाई मध्यपुरथिमिको खिव्यश्वरीबाट पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए। पक्राउ परेका गिरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।
यसैगरी, मध्यपुरथिमि नगरपालिका–८ र ९ बोडेका विभिन्न क्षेत्रबाट स्कुटर चोरी गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–५ बस्ने अबिन श्रेष्ठ, गोकर्णेश्वर नगरपालिका–९ बस्ने पेम्बा मोक्तान, गोकर्णेश्वर नगरपालिका–८ बस्ने आयुष गोले, काठमाडौँ नारायणटार बस्ने रितेश राई, नारायणटार बस्ने सुजन गुरुङ, नारायणटार बस्ने अनिल तामाङ र काठमाडौँ बस्दै आएका विक्रम तामाङ रहेका छन्।
पक्राउ परेकाहरूले विभिन्न समयमा मध्यपुरथिमि बोडेबाट बा५७प ९९५७ नंको स्कुटर, बा७७प ३३५९ नंको स्कुटर चोरी गरेको र चोरीको स्कुटरसहित पक्राउ गरिएको डीएसपी नेउपानेले जानकारी दिए। पक्राउ परेका सबैलाई चोरी कसुरमा म्याद थप भई अनुसन्धान कार्य भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
