तालिमको दौरानमा प्रशिक्षार्थीलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराइएको थियो।
कुरिनटार– सीमा तथा आन्तरिक सुरक्षा, राजस्व चुहावट नियन्त्रण र विपद् व्यवस्थापनको मुख्य जिम्मेवारी रहेको सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन तालिम प्राप्त जनशक्तिको उत्पादनमा पनि आफूलाई अब्बल बनाउँदै लगेको छ।
विपद्मा फसेका नागरिकको उद्धारमा खटिने जनशक्तिलाई तालिम दिलाउन विदेशी मुलुकको भर पर्नुपर्ने बाध्यात्मक अवस्थालाई अन्त्य गर्दै सशस्त्र प्रहरीले चितवनको कुरिनटारस्थित आफ्नै नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट आफ्ना जनशक्तिलाई विभिन्न तालिम प्रदान गर्दै आइरहेको छ।
सो शिक्षालयबाट ६ हप्ताको गोताखोर तालिम लिएका २० जना सशस्त्र प्रहरी कर्मचारीले गोताखोर ‘ट्याग’ प्राप्त गरेका छन्। सशस्त्र प्रहरी बल नेपालमा पहिलो पटक २०६९ सालमा बांग्लादेशबाट २५ जनाले गोताखोर तालिम प्राप्त गरेका थिए।
नेपालमा समेत पहिलो पटक २०७६ सालदेखि गोताखोर तालिम दिन थालिएको थियो। सशस्त्र प्रहरी बलमा गोताखोर तालिम प्राप्त जनशक्ति १२८ पुगेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
तालिमको दौरानमा प्रशिक्षार्थीलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराइएको थियो। गोताखोर तालिम प्राप्त जनशक्ति बढेसँगै पानीजन्य घटना दुर्घटनामा परेका नागरिकको उद्धारमा मद्दत पुग्ने विश्वास गरिएको छ।
गोताखोर तालिम प्राप्त टोली सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरी, नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं ६ महेश्वरी बाहिनी मुख्याल सुर्खेत, नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा परिचालित छन्।
त्यसैगरी नं ३ कंकालिनीमाई गण मोरङ, नं १७ गण चितवन, नं २४ कालिका गण कास्की, नं २० विपद् उद्धार गण सिनामंगल, नं ४२ रिजर्भ गण बाँके र विपद् व्यवस्थापन वेश खुर्कोट सिन्धुलीमा समेत तैनाथ रहेका छन्। सो टोली विपद्मा परेका आम नागरिकको सहयोग तथा उद्धारमा खटिँदै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
