टोटनहमलाई युरोपा लिगको उपाधि

युरोपा लिगको उपाधि जितेसँगै टोटनहमले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। 

काठमाडौँ– टोटनहामले १७ वर्षपछि युरोपा लिगको उपाधि जितेको छ।

बुधबार राति म्यानचेस्टर युनाइटेडलाई १-० ले हराउँदै टोटनहम युरोपा लिग च्याम्पियन बनेको हो।

जोटनहामको जितमा ब्रेनन जोन्सनले ४२औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

यससँगै टोटनहमले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ।