वासिङ्टनको यहुदी संग्रहालयबाहिर बन्दुकधारीले दूतावासका दुई कर्मचारीको गोली हानी हत्या गरेपछि प्रधानमन्त्री नेतान्याहुले विश्वभरका इजरायली कूटनीतिक नियोगमा सुरक्षा उपाय बढाउन आदेश दिएका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विश्वभरका इजरायली कूटनीतिक नियोगमा सुरक्षा उपाय बढाउन आदेश दिएका छन्। बिहीबार वासिङ्टनको यहुदी संग्रहालयबाहिर ‘फ्रि प्यालेस्टिन’को नाराबाजी गर्दै बन्दुकधारीले इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या गरेपछि प्रधानमन्त्री नेतान्याहुको यस्तो आदेश दिएको हो।
“मैले विश्वभरका इजरायली नियोगमा सुरक्षा व्यवस्था बढाउन र राज्यका प्रतिनिधिहरूको सुरक्षा बढाउन निर्देशन दिएको छु”, उनले भने, “हामी यहुदीविरोधी भावना र इजरायलविरुद्धको जंगली उक्साहटको भयानक मूल्य देखिरहेका छौँ।”
बुधबार राति वासिङ्टनको केन्द्रमा रहेको क्यापिटल यहुदी संग्रहालयमा सामाजिक कार्यक्रम सञ्चालनका क्रममा संग्रहालयबाहिर गोली हानाहान भएको थियो।
सामाजिक सञ्जालमा फैलिएको एक भिडियो क्लिपमा ज्याकेट र सेतो सर्ट लगाएका एक जना दाह्री भएका युवकलाई प्रहरीले लैजाँदा “फ्रि, फ्रि प्यालेस्टिन’ भनेर चिच्याएको देखिन्छ।
अमेरिकाका लागि इजरायली राजदूत येचिएल लेइटरका अनुसार पीडित विवाह गर्ने योजना बनाएका प्रेम प्रेमिका थिए।
इजरायली राष्ट्रपति आइज्याक हर्जोगले घातक आक्रमणबाट आफू ‘स्तब्ध’ भएको तर दुई देश ‘हाम्रा जनताको रक्षामा एकजुट हुने’ बताए।
“इजरायली दूतावासका दुई युवा कर्मचारीको ज्यान लिएको यो घृणा, यहुदी विरोधको घृणित कार्य हो”, हर्जोगले भने, “अमेरिका र इजरायल हाम्रा जनता र हाम्रा साझा मूल्यहरूको रक्षामा एकजुट हुनेछन्। आतंक र घृणाले हामीलाई तोड्ने छैन।”
विदेशमन्त्री गिडियोन सारले पनि आक्रमणबाट आफू ‘डराएको’ भन्दै इजरायल ‘आतंक’सामु नझुक्ने बताए। “विशेष गरी यस समयमा विश्वभरका इजरायली प्रतिनिधिहरूले निरन्तर उच्च जोखिमको सामना गरिरहेका छन्,” उनले भने, “हामी अमेरिकी अधिकारीहरूसँग निकट सम्पर्कमा छौँ । इजरायलले आतंकका सामु आत्मसमर्पण गर्ने छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
