एक भाले, दुई पोथी र चार लिंग पहिचान नभएका वयस्क बाघ भेटिएको डिभिजन वन कार्यालय दाङका वन अधिकृत वेसीन्द्रराज सुवेदीले जानकारी दिए।
दाङ– दाङका विभिन्न वन क्षेत्रमा सात वयस्क बाघ फेला परेका छन्। डिभिजन वन कार्यालय घोराहीको संयोजकत्वमा डिभिजन वन कार्यालय देउखुरी, लमहीको समन्वय र सहकार्यमा मध्य तराई भू–परिधि क्षेत्रमा पर्ने जिल्लाका वन क्षेत्रमा बाघ अनुगमनका लागि क्यामरा राखिएका थिए।
एक भाले, दुई पोथी र चार लिंग पहिचान नभएका वयस्क बाघ भेटिएको डिभिजन वन कार्यालय दाङका वन अधिकृत वेसीन्द्रराज सुवेदीले जानकारी दिए। ती तस्वीर विभिन्न २३ स्थानमा जडान गरिएका क्यामरामा कैद गरिएका हुन्। सर्वेक्षण कार्य वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन निर्देशनालयको मार्गदर्शनमा गत वर्ष मंसिर २४ गतेदेखि माघ ४ गतेसम्म सञ्चालन गरिएका थिए।
४० दिनसम्म दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएका १०९ वटा ग्रिडमा क्यामरा जडान गरी ४३६ वर्ग किलोमिटर वन क्षेत्रको निगरानी गरिएको वन अधिकृत सुवेदीले जानकारी दिए। उक्त अध्ययन क्षेत्रले दाङ जिल्लाभित्र रहेका चार स्थानीय तह, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र दङ्गीशरण गाउँपालिकाभित्रका वन क्षेत्रलाई समेटेको थियो।
सर्वेक्षणमा डिभिजन वन कार्यालयका आठ कर्मचारी, आठ स्थानीय नागरिक तथा १६ अनुसन्धानकर्ता सम्मिलित आठ टोली बनाइएको थियो। हाल संकलित तथ्यांकको विश्लेषण कार्य जारी छ भने विस्तृत प्रतिवेदन केही समयपछि सार्वजनिक गरिने जनाइएको छ।
यससँगै, मध्ये तराई भूपरिधि क्षेत्रभित्र सञ्चालनमा रहेको तीन वर्षे जैविक विविधता सर्वेक्षण पूरा भएको छ। दाङ, अर्घाखाँची र कपिलवस्तु जिल्लाका चार वटा डिभिजन वन कार्यालयको समन्वयमा सम्पन्न उक्त अध्ययनमा हालसम्म जम्मा १० वयस्क बाघ अभिलेख गरिएको छ।
प्रारम्भिक अध्ययनअनुसार ती बाघ बाँके राष्ट्रिय निकुञ्ज वा भारतको सुहेलवा वन्यजन्तु संरक्षण क्षेत्रबाट कम्दी जैविक मार्ग हुँदै ओहोरदोहोर गरेको अनुमान गरिएको छ। सीमावर्ती क्षेत्रमा वन्यजन्तु संरक्षणका लागि आन्तरिक तथा दुई देशबीच प्रभावकारी समन्वयको आवश्यकता छ। यस क्षेत्रमा बाघको उपस्थिति नेपाल सरकारले सञ्चालन गरेका दीर्घकालीन वन्यजन्तु संरक्षण प्रयासको सकारात्मक परिणामको रूपमा लिइएको छ। वन तथा भू–संरक्षण विभाग र लुम्बिनी प्रदेश सरकारको सहकार्यमा डब्लूडब्लूएफ नेपालले मध्य तराई भूपरिधि संरक्षण रणनीति तथा कार्ययोजना कार्यान्वयनमा निरन्तर सहयोग गर्दै आएको छ।
डिभिजन वन कार्यालय देउखुरीका प्रमुख महेन्द्रराज वाग्लेले दाङमा पहिलो पटक बाघको गणना गरिएको बताए। वन्य जन्तु संरक्षणमा मानव जातीले सकारात्मक सहयोग गर्नुपर्ने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
