बैतडी केन्द्रविन्दु भएर लगातार २ पटक भूकम्प

लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए। भूकम्पको धक्का दार्चुला, बझाङ, डडेलधुरामा धक्का महसुस गरिएको थियो। 

बैतडी– बैतडी सदरमुकाम केन्द्रविन्दु भएर भूकम्प भएको छ। सुर्खेतिस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलंगा केन्द्रविन्दु भएर शुक्रबार बिहान १ः४८ बजे ५.१ र २ बजे ३.७ म्याग्निच्युडको भूकम्प भएको हो।

लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए। भूकम्पको धक्का दार्चुला, बझाङ, डडेलधुरामा धक्का महसुस गरिएको थियो। 

भूकम्पबाट क्षति भए नभएको विवरण प्राप्त हुन बाँकी रहेको केन्द्रका प्रमुख तिमल्सिनाले बताए।