प्रधानमन्त्री टुंगो लगाउन बालुवाटारमा देउवा र दाहालकाे ‘वान अन वान’ वार्ता

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग छलफल गरेलगत्तै अहिले बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग ‘वान अन वान’ वार्ता गरिरहेका छन्।

काठमाडाैँ– सत्ता गठबन्धनबाट पहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय टुंग्याउन बालुवाटारमा  निर्णायक छलफल शुरू भएकाे छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग छलफल गरेलगत्तै अहिले बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग ‘वान अन वान’ वार्ता गरिरहेका छन्। देउवाले बिहान बालुवाटारमै कांग्रेस नेतासँग लामो छलफल  गरेलगत्तै दाहालसँग प्रधानमन्त्री पहिले को बन्ने  विषयमा ‘वान अन वान’ वार्ता गरिरहेको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए।

दाहाल आफूलाई पहिले प्रधानमन्त्री नबनाइए एमालेसँग मिलेर भए पनिप्रधानमन्त्री बन्ने तयारीमा लागिसकेका छन्। देउवाले भने आफूपछि मात्रै दाहाललाई प्रधानमन्त्री बनाउने अडान लिएका कारण उनीहरूबीच सहमति हुन सकेको छैन। 

देउवा र दाहालमध्ये को पहिले प्रधानमन्त्री भन्ने विषयमा शनिबार पनि लामो समय बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बसेको थियो। 
बैठकमा दाहालले आफूलाई पहिले प्रधानमन्त्री बनाउने वाचाबाट देउवा पछि हटेको आरोप लगाएका थिए।