तोलामा १ हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ।

काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ। त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।

बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य १ हजार १०० रुपैयाँले घटेको हो। चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ। त्यति नै परिमाणको चाँदी २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा भने प्रतिऔँस सुन ३ हजार ३३० डलरमा कारोबार भइरहेको छ।