प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चुडामणि पौडेल संयोजक रहेको तीन सदस्यीय समितिले खनाल आयोगको सुझावलाई कार्यान्वयन गर्न ४०८ वटा कार्ययोजना तयार गरेको छ।
काठमाडौँ– पूर्वसचिव रामेश्वर खनाल संयोजकत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनका सुझाव कार्यान्वयनका लागि सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना तयार पारेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चुडामणि पौडेल संयोजक रहेको तीन सदस्यीय समितिले खनाल आयोगको सुझावलाई कार्यान्वयन गर्न ४०८ वटा कार्ययोजना तयार गरेको हो। उक्त कार्ययोजना जेठ ६ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो।
आयोगले दिएको सुझाव कार्यान्वयन गर्न तत्कालीन, ६ महिने, एक वर्षे, दुई वर्ष र तीन वर्षसम्मको कार्यायोजना तयार गरिएको हो।
खनाल आयोगको प्रतिवेदनमा क्षेत्रगत रूपमा दिइएका सुझावलाई सोहीअनुसार कार्ययोजनामा समेटिएको छ। कार्ययोजनाले सम्बन्धित विषयक्षेत्रको कार्यसम्पादनका लागि सम्बन्धित मन्त्रालयलाई जिम्मेवारी दिएको छ।
समितिमा वाणिज्य तथा आपुर्तिसचिव गोविन्दबहादुर कार्की र राजस्वसचिव दिनेशकुमार घिमिरे सदस्य रहेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
