भोजपुरमा वर्षासँगै आएको हुरीले अकबरे खुर्सानीमा क्षति

भोजपुर नगरपालिकाको बोखिम, पोखरे, भैँसीपङ्खालगायत क्षेत्रमा खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ।

भोजपुर– वर्षासँगै आएको हुरीले खुर्सानी खेतीमा क्षति पुर्‍यापछि भोजपुर बोखिमका किसान चिन्तित भएका छन्। 

फुल्दै गरेको अकबरे खुर्सानी हुरीले लडाइदिएपछि किसान चिन्तामा परेका हुन्। फल्ने बेला हन लागेको खुर्सानी हुरी र झरीले सखाप भएको कृषक कुमार विष्टले बताए। “हाम्रो आम्दानीको मुख्य स्रोत नै यही खुर्सानी हो। फल्ने बेलामा हावाले क्षति गरेपछि समस्या भयो,” उनले भने।

बोखिमका अधिकांश किसानले अबकरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका छन्। मल्चिङ प्रविधिबाट यहाँका किसानले खर्सानीको खेती गरिरहेका छन्। पछिल्लो समय दैविक प्रकोपको अलावा, खुर्सानीको जरा कुहिने, पात पहेँलो हुने, फलमा किरा लाग्ने समस्या बढी मात्रामा देखिन थालेको किसानको भनाइ छ। 

भोजपुर नगरपालिकाको बोखिम, पोखरे, भैँसीपङ्खालगायत क्षेत्रमा खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ।