नागढुंगा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

प्रहरीले विकल्पमा धार्के­–सीतापाइला तथा टोखा­–छहरे­–त्रिशूली–­गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ।

काठमाडौँ– संघीय राजधानीको प्रदेशविन्दु नागढुंगा­–नौबिसे सडक शनिबारदेखि हरेक दिन साढे ४ घण्टा बन्द हुने भएको छ। 

नारायणगढ–मुग्लिन सडक योजना (पूर्वीखण्ड) ले जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपराह्न ३ बजेसम्म सडक बन्द गरेर काम थालेको जनाएको छ। 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको जानकारी दिए। 

आयोजनाले नागढुंगा–पिपलामोडखण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ। काठमाडौँबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट काठमाडौँ आउने सवारीसाधन खानीखोलामा रोकिने जनाइएको छ।

प्रहरीले विकल्पमा धार्के­–सीतापाइला तथा टोखा­–छहरे­–त्रिशूली–­गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ।