अमेरिकाको क्यालिफोर्नियास्थित स्यान डिएगोमा बाक्लो कुहिरोका बीच आपत्कालीन अवतरणका क्रममा सानो निजी विमान दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु भएको छ।
अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो नगरमा एक निजी विमान आवासीय क्षेत्रमा खस्दा पाइलटसहित विमानमा सवार सबै ६ जनाको मृत्यु भएको छ। सानो निजी विमान बाक्लो कुहिरोका बीच आपत्कालीन अवतरणका क्रममा दुर्घटनामा छानबिन अधिकारीहरूले बताएका छन्।
राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी)का अनुसार डेभ शापिरो नामक संगीत एजेन्टको सेसना ५५० सिटेसन विमान बिहीबार बिहान ३:४७ बजे (नेपालको समयअनुसार बिहीबार बिहान १०:३२ बजे) स्यान डिएगोको आवासीय क्षेत्रमा खस्नुअघि एउटा पावर लाइनमा ठोक्किएको थियो।
एनटीएसबीका अनुसन्धानकर्ता ड्यान बेकरले पत्रकार सम्मेलनमा भने, “चालक र यात्रुहरूको दुखद निधन भएको छ।" उनले जमिनमा कसैलाई पनि गम्भीर चोट नलागेको बताए।
विमानका टुक्रा खसेर सान डिएगोको मर्फी क्यान्यन क्षेत्रका १० घरमा सामान्य क्षति पुगेको जनाइएको छ। बेकरले मृतकको संख्या स्पष्ट रूपमा नबताए पनि अमेरिकी संघीय उड्डयन प्रशासनले निजी विमानमा ६ जना सवार रहेको बताएको छ।
विमान चर्चित संगीत व्यवसायी डेभ शापिरोको स्वामित्वमा रहेको जनाइएको छ। दुर्घटनामा उनीसहित अन्य ६ जनाको ज्यान गएको हो।
संगीत संस्था साउन्ड ट्यालेन्ट समूहले एक वक्तव्य जारी गर्दै भनेको छ “हामी हाम्रो सहसंस्थापक, प्रिय सहकर्मी र साथीहरूको असामयिक निधनबाट अत्यन्त मर्माहत भएका छौँ। यो कठिन घडीमा शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ।”
दुर्घटनाको कारण खुलिनसकेको एनटीएसबीले जनाएको छ। त्यतिबेला विमानस्थलमा अवतरण मार्गका बत्ती र मौसम मापन यन्त्रले काम नगरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ। विमान चालकले आपत्कालीन सन्देश पनि नपठाएको जनाइएको छ। सुरक्षा निकायले प्रारम्भिक अनुसन्धानको प्रतिवेदन आउन केही साता लाग्ने जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
